Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

एभरेस्ट नेटवर्कको चरम लापरबाही, करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु


सुर्खेत। एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका २५ वर्षीय प्रकाश बुढा रहेका छन् । मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको र उनको मृत्यु भएको हो । कालिकोट प्रहरीका अनुसार प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएको हो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइवर बिस्तारका क्रममा कर्मचारीलाई कुनै सुरक्षा सामाग्री नदिएर फिल्डमा काम गराउनु नेटवर्क प्रालिको चरम लापरबाही हो ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?