Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बुधबार पनि बढ्यो युरो र अमेरिकी डलरको भाउ, कतिमा भइरहेको छ कारोबार ?


१ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आज पनि अमेरिकी डलर करिब एक रुपैयाँले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।

यसअघि मंगलबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो ।

बुधबारका लागि एक युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ २२ पैसाले बढेको हो साथै मंगलबार ४८ पैसाले र सोमबार ७५ पैसाले वृद्धि भएको थियो । मंगलबार यसको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढेको छ । मंगलबार उक्त पाउण्डको खरिदमूल्य १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसामा पाइन्छ।

उता, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३५ रुपैयाँमा २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर, ३५ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा ताेकेका छ भने मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ४८ पैसामा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?