Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने


काठमाडौं। कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो।

उत्पादनमूलक क्षेत्र: (Manufacturing Sector ) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो, तर प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो । १९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । सो परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो ।

आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाल परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताएका छन्। ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन् ।

त्यस्तै, आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनको भनाइ रहेको छ।

eps

 


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?