Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा


वालिङ,स्याङ्जा। स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो ।

उक्त जिल्लाका ११ वटै पालिकामा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिएका छन् । यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्वका स्थानमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण अगाडि बढाइएको उनले बताए ।

“प्रदेशबाट छनोट भएका योजनाको सम्झौता गर्ने, लागत योजना तयार गर्नेलगायत काम भइरहेको छ”, प्रमुख ढकालले भने, “केही योजना सम्पन्न भइसकेका छन् भने अधिकांश योजना अहिले धमाधम निर्माण काम भइरहेका छन् ।” पर्यटकीय सम्भावना बोकेका स्थलमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यसहित पदमार्ग र भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिएका छन्।

त्यस्तै, स्याङ्जामा चालु आ.वमा योजना कार्यान्वयनका लागि रु दुई करोड ७५ लाख बजेट विनियोजन भएको थियो भने रु २० लाख र रु १५ लाखको एक÷एक, रु १० लाख लागतका पाँच र रु पाँच लाख लागतका ३८ वटा योजना कार्यान्वयनमा रहेका छन् ।

सबैभन्दा धेरै योजना १० वटा योजना पुतलीबजार नगरपालिकामा कार्यान्वयनमा रहेका कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले बताए। उनका अनुसार वालिङ नगरपालिकामा नौ, भिरकोटमा छ, बिरुवा गाउँपालिकामा पाँच, फेदीखोलामा चार, चापाकोट र गल्याङ नगरपालिका तथा आँधीखोला हरिनास र अर्जुनचौपारी गाउँपालिकामा समान दुई /दुई वटा योजना छन् ।

कालीगण्डकी गाउँपालिकामा एउटामात्रै योजना कार्यान्वयनमा रहेको उनले जानकारी दिएका छन्।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?