काठमाडौं। अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिले सो विधेयक पारित गरेको हो ।
मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले विधेयकलाई प्रतिवेदन सहित सर्वसम्मतिले पास गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।
प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार