Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

मल्लकालीन शैलीमा पुनःनिर्माण हुँदै थन्थु दरबार


भक्तपुर। भूकम्पले क्षतिग्रस्त भक्तपुरको ५५ झ्याले दरबारसँगै जोडिएको मल्लकालीन थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाले लामो समय कार्यालयका रुपमा प्रयोग गरेकोे थन्थु दरबार पुनःनिर्माण बहुवर्षीय योजनाका रुपमा अगाडि बढाइएको हो । पुरातत्व विभागबाट स्वीकृति पाएपछि पुरातत्व विभागसँग समन्वयमा पुरानो भवन भत्काएर मल्लकालीन शैलीमै पुनःनिर्माण सुरु गरिएको उनले बताएका छन् ।
नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण आफैले बेहोर्ने बताउँदै आएको छ भने आफ्नै उपभोक्ता समिति एवं कालिगढबाट सम्पदा पुनःनिर्माण एवं जीर्णोद्धार गर्ने नगरपालिकाले अडान लिँदै आएको थियो ।
नगरप्रमुख प्रजापतिले भने, “थन्थु दरबारलाई मौलिक शैलीमा माटो जोडाइबाट पुनःनिर्माण गरिने भएको छ । दरबार भवन पुनःनिर्माण प्राविधिक समितिले पेस गरेको संशोधित नक्साअनुसार पुरातत्व विभागसँग समन्वय गरी अगाडि बढाएका छौँ ।”

स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मीले थन्थु दरबारको पुनःनिर्माण मौलिक शैलीबाट हुनु प्रशंसनीय भएको बताए। इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ५५ झ्याले दरबार थन्थु दरबारकै भागका रुपमा देखिएको बताउँदै दरबार पुनःनिर्माण माटो जोडाइको शैलीबाट हुनु स्वागतयोग्य कदम भएको बताएका छन् ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवं दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रा रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको यसअघि स्थलगत निरीक्षण गरेका थिए ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?