Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण


काठमाडौं। जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । यहाँस्थित जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरेका छन् ।

त्यस अवसरमा नेपाल जुडो सङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी लगायत सहभागी रहेका थिए । राजदूत किकुताले यस सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । उक्त सामग्री अल जापान जुडो फेडेरेसन र ‘जुडोज’द्वारा प्रदान गरिएको हो ।

सो अवसरमा राजदूत किकुताले जुडोले खेलाडीका लागि कौशलता स्वस्थ शरीरका साथै युवाहरूको शारीरिक र मानसिक विकासमा समेत मद्दत गर्न योगदान गर्ने उल्लेख गरे। जुडो सङ्घका अध्यक्ष बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताउँदै सहयोगका लागि जापानप्रति आभार व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?