Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विद्युत् विकास विभागको महानिर्देशकमा मण्डल, तीन उपसचिवको सहसचिवमा बढुवा


काठमाडौं। विद्युत् विकास विभागको महानिर्देशकमा जिबछ मण्डल नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मण्डललाई उक्त जिम्मेवारी तोकिएको हो ।

त्यस्तै, महानिर्देशक रहेका चिरञ्जीवी चटौतलाई मन्त्रालयमा सरुवा गरेको मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् । मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको जिम्मेवारीका ३ उपसचिव (सिडिई) लाई सहसचिवमा बढुवा गरी जिम्मेवारी तोकेको छ

२०५३ साल मंसिरमा विभागको इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका मण्डल २०७१ माघमा सहसचिवमा बढुवा भएका थिए । उक्त विभागको जिम्मेवारीमा प्रवेश गर्नु पूर्व मण्डलले १ वर्ष जनकपुर चुरोट कारखानामा इलेक्ट्रिकल सेक्सन इन्चार्ज र पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखरामा इलेक्ट्रिकल इन्जिनियरिङ विभाग अन्तर्गत उप–प्राध्यापकको रूपमा काम गरेका थिए ।

त्यस्तै, सहसचिवमा बढुवा हुनेमा मीनराज ढकाल, शंकरबहादुर थापा र राजेन्द्रप्रसाद शर्मा छन् । उनीहरूलाई क्रमशः प्राथमिकता प्राप्त आयोजना, कर्णाली बेसिन आयोजना र नौमुरे आयोजनाको प्रमुखको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?