Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गठबन्धन सरकारले अपेक्षाकृत नतिजा दिन सकेन: गगन थापा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षा अनुसारको नतिजा दिन नसकेको बताएका छन् ।

निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाको जोड रहेको थियो ।

‘सरकार बन्दा जुन रूपमा उत्साह थियो, सोहीअनुरूप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन्’, मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासी आएका महामन्त्री थापाले भने, ‘निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरूमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।’

उक्त प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताएका छन् ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?