Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान


अर्घाखाँची। सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

त्यसैगरी, भूमिकास्थिान नगरपालिका–६ खिल्जीमा वडा अध्यक्ष प्रेमनारायण वेल्वासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाइएका बास हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बासले ऐतिहासिक महत्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान पनि सुक्ने, सुक्खायाममा आगलागीको पनि जोखिम हुने भएकाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो ।

निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र बरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन भनेको छ । “बर र पिपललाई चाहिने पानी र घाम बाँसले लिन्छ र बरपिपल भोको रहन्छ । अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणको लागि राम्रो छ”, सामाजिक अगुवा प्रकाश बेल्बासेले बताएका छन् ।

सो वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बास र पानीको मुहान असर गर्ने गरी लगाइएको बास हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?