Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने खाद्य उद्योगमा सिल


काठमाडौं। विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक उद्योगमा सिल गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।

मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।

उक्त उद्योगमा एक्सपायर डेट मेटिने स्प्रिट, डेट रिलेभलिङ गर्ने मेसिन प्रयोग गरी फार्म सिटी ब्राण्डको कर्नफ्लेक्स, चोकोज, ओट्स लगायतमा गलत एक्सपायरी डेट राखिएको पाइएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?