Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने खाद्य उद्योगमा सिल


काठमाडौं। विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक उद्योगमा सिल गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।

मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।

उक्त उद्योगमा एक्सपायर डेट मेटिने स्प्रिट, डेट रिलेभलिङ गर्ने मेसिन प्रयोग गरी फार्म सिटी ब्राण्डको कर्नफ्लेक्स, चोकोज, ओट्स लगायतमा गलत एक्सपायरी डेट राखिएको पाइएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?