Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नेपालीहरूलाई विना शर्त नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन


काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ । नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकारकर्मीहरूले सोमबार दिउँसो प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा उनीहरूले रसियाः स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वारः नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वारः गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गस लगायतका प्लेकार्डहरू देखाएका थिए ।

उनीहरूले नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई बिना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?