Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक


काठमाडौं। नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

त्यस्तै, परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने उल्लेख छ ।

जसअनुसार ७ अर्ब रुपैयाँको १ सय ८२ दिने, ५ अर्ब रुपैयाँको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ भने ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार (माघ २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । त्यस्तै, माघ २२ गते मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

पछिल्लो पटकको ट्रेजरी बिलको बोलकबोलमा ९१ दिनेमा ३.२२ प्रतिशत, १८२ दिनेमा ३.५५ प्रतिशत र ३६४ दिनेमा ४.८१ प्रतिशत औसत ब्याजदर तय भएको छ । राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ ।

सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?