Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन


काठमाडौं। देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम) बाट सञ्चालन भएका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् । यो प्रणाली मार्फत बिरामी वा सेवाग्राहीको नजिक रहेको एम्बुलेन्सको सेवा प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

सेवाग्राहीलाई जतिसक्दो छिटो एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि जिपिएस प्रणाली ल्याइएको उनले बताए । सो सेवा मार्फत सञ्चालित एम्बुलेन्स सेवा लिनका लागि १०२ नम्बरमा फोन गर्न सकिन्छ । देशभर २ हजार ५ सय बढी एम्बुलेन्स सेवा सञ्चालन रहेका छन् ।

ती सबै एम्बुलेन्स सेवालाई जिपिएस प्रणालीमा ल्याउनका लागि प्रयास भइरहेको बुढाथोकीले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?