Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन


काठमाडौं। देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम) बाट सञ्चालन भएका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् । यो प्रणाली मार्फत बिरामी वा सेवाग्राहीको नजिक रहेको एम्बुलेन्सको सेवा प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

सेवाग्राहीलाई जतिसक्दो छिटो एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि जिपिएस प्रणाली ल्याइएको उनले बताए । सो सेवा मार्फत सञ्चालित एम्बुलेन्स सेवा लिनका लागि १०२ नम्बरमा फोन गर्न सकिन्छ । देशभर २ हजार ५ सय बढी एम्बुलेन्स सेवा सञ्चालन रहेका छन् ।

ती सबै एम्बुलेन्स सेवालाई जिपिएस प्रणालीमा ल्याउनका लागि प्रयास भइरहेको बुढाथोकीले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?