Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत


कञ्चनपुर। कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत गरी संरक्षण गर्न थालिएको छ ।

उक्त सडक विभाग पुल महाशाखाको विआइएमपी–२ कार्यक्रमअन्तर्गत महाकाली पुल योजनाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानीदेखि गड्डाचौकीसम्मका १४ र महाकाली राजमार्गका दुई वटा गरी १६ वटा पुल मर्मतको कार्य अगाडि बढाएको हो ।

त्यस्तै, हिमसगरमाथा कन्स्ट्रक्सन प्रालीसँग रु १६ करोड ९३ लाख १८ हजार पाँच सय ३९मा ठेक्का सम्झौता गरी पुल मर्मतका साथै सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको पुल योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर कपिलप्रसाद पन्तले बताए । “लामो समयदेखि राजमार्गका पुल मर्मत हुनसकेको थिएन”, उनले भने, “कार्यक्रमअन्तर्गत पुल मर्मत गर्न थालिएपछि यसले पुललाई दिगो तथा भरपर्दो बनाउनाका साथै पुलको आयु बढ्ने र सडक सुरक्षामा पनि सुधार ल्याउन सहयोग पुग्छ ।”

त्यसैगरी, सूचना अधिकारी पन्तका अनुसार सो कार्यक्रमअन्तर्गत पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य भइरहेका छन् भने सो पुलको सुरक्षाका लागि नदी नियन्त्रणअन्तर्गत तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

सडक सुरक्षा स्तरोन्नतिलगायत सडक स्टड स्थापना, डब्लु–मेटल बीम ट्र्यास ब्यारियर, डेलिनेटर्स, पोष्ट, रोड मार्किङ र ट्राफिक चिन्ह राख्ने कार्य भइरहेको उहानको भनाइ रहेको थियो । सो कार्यक्रमअन्तर्गत पुल मर्मतका लागि हिमसगरमाथा कन्ट्रक्सनसँग गत असार २२ गते सम्झौता भएको थियो ।

त्यस्तै, इञ्जिनियर पन्तका अनुसार हालसम्म कार्यक्रमको भौतिक प्रगति ६० प्रतिशते छ भने वित्तीय प्रगति १८ प्रतिशत छ । मर्मत हुन थालेका पुलको कूल लम्बाइ एक हजार दुई सय १८ मिटर छ । निर्माण कम्पनीका सञ्चालक प्रेम विष्टले निर्माणका लागि कार्यदेश पाएका बेला वर्षात्का कारण नदीजन्य पदार्थ पाउन मुस्किल भएकाले कममा केही विलम्ब भएको बताए ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?