Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नवलपरासीमा कायाकिङको राष्ट्रिय प्रतियोगिता हुने


मध्यविन्दु,नवलपरासी। साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलि देखि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुँदै छ । उक्त प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

उक्त प्रतियोगितामा २० जना राष्ट्रिय खेलाडीले भाग लिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन्। यही माघ ४ गते अमलटारी घाटदेखि नन्दपुर सेहेरीसम्म गरिएको परीक्षण सफल भएपछि प्रतियोगिता आयोजना गरिएको हो ।

“एक जनामात्र बस्न मिल्ने डुङ्गा अर्थात् कायकमार्फत खेलिने कायाकिङ साहसिक खेल विधामा पर्छ”, उनले भने “प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयका आधारमा विजेता घोषणा गरिनेछ ।”

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कायाकिङको सफल परीक्षणपछि प्रतियोगिता आयोजना हुनु आफैँमा महत्वपूर्ण भएकाले खेल पर्यटनको गन्तव्यका रूपमा अगाडि बढाउन प्रतियोगिता कोसेढुङ्गा सावित हुने सदस्य सचिव शर्माले बताए । उक्त प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको सहआयोजकमा नन्द भाउजु उपभोक्ता समिति नवलपुर छ ।

सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?