Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आज सुनचाँदीको मूल्य फेरी घट्यो


काठमाडौं। आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

त्यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ । त्यस्तै, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो ।

उक्त महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?