Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

आज सुनचाँदीको मूल्य फेरी घट्यो


काठमाडौं। आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

त्यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ रहेको महासंघले जनाएको छ । त्यस्तै, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो ।

उक्त महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले घट्दै आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?