Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

पद्मोदय मोडदेखि टुँडिखेलसम्म ३५ मेट्रिक टन क्षमताकाे मल्टिकलर ब्लक बिछ्याइँदै


काठमाडौँ । प्रदर्शनी मार्गको पैदल ट्रयाकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक बिछ्याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग विस्तार तथा पुननिर्माण हुँदैछ ।

महानगरपालिकाको योजना तथा मूल्याङ्कन समितिले निर्माण कार्यको अनुगमन गरेको छ । यस क्रममा वेसको मोटाइ नापिएको थियो । यहाँ राख्न ल्याइएका ब्लकहरुको परीक्षणका लागि नमूना संकलन गरिएको थियो ।

‘पूर्वाधार निर्माणका विभिन्न चरणमा अनुगमन गरेर मापदण्ड ठगी हुनबाट जोगाउँछौँ । निर्माण पक्षलाई इमान्दार भएर काम गर्ने संस्कृतिको विकास गराउँछौँ ।’ कामको अनुगमन गर्दै समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘गएको बर्ष राखिएका ब्लक फुटेको, उप्किएको, भासिएको गुनासो आइरहेको छ । अब सम्पन्न योजनाको अनुगमन गर्नेछौँ ।’

यो सडक खण्ड निर्माणको लागत २ करोड ९८ लाख ४३ हजार रुपैयाँ थियो । ०७९/०८० मा बोलपत्र आव्हान भएर २०८०/०८१ मा कार्यान्वयनमा आएको योजनाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर बाबुराम भट्टराईकाले भन्नुभयो, ‘पहिले सडक किनारा २ मिटरको थियो । किनारा र सडकका विचमा सतहको पानी बग्ने ठाउँ थियो । अहिले सतहको पानी बग्नका लागि ढल राखेर १ मिटर ठाउँ पैदल मार्गका लागि बढाइएको छ । पुरानो ब्लक राखिएको ठाउँमा बेस राख्नु पर्दैन । विस्तार गरिएको ठाउँमा बेस राखेर सतह मिलाइनेछ ।’

यो थप काम गर्न लागत रकममा वृद्धि भएर ३ करोड ८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो रकम र योजना स्वीकृत भइसकेको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले जानकारी दिएको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?