Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मुग्लिन–नारायणगढ खण्ड २१ माघदेखि तीन साता दैनिक ४ घण्टा बन्द हुने


चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ ।

उक्त जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिएका छन् ।

करिब ६० मिटर अग्लो पहरो काट्ने काम गत वर्षबाट सुरु गरिएको थियो भने २५ मिटर तलसम्म काटिसकेपछि कडा चट्टान भेटिएको आयोजनाले जनाएको छ । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष आयोजनाले निकालेको थियो ।

खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि विष्फोटको सट्टा फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न सुझाव दिइएको थियो । सोही सुझावको आधारमा यसपटक रक स्प्लीटर, हाइड्रोलिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्य बताउँछन् ।

त्यस्तै, तुइन खोला पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि हाल दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पहिलोपटक आयोजनाले गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेको थियो भने, दोस्रोपटक पुनः पुस २८ गतेदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको थियो भने यसपटक थपिएको २१ दिन भित्र भित्तो काट्न बाँकी १३ मिटर काटिसक्ने लक्ष्य राखिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

उक्त सडक खण्डमा बन्ने नयाँ १९ वटा पुल मध्ये यही तुइन खोलाको पुलको काम बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आइसकेका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?