Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

रुसी सेनाबाट छिटो उद्धार गरिदिन सरकारसँग आग्रह


काठमाडौं। रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् ।

उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको बताइन् । उनका अनुसार सेनामा भएका भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए । तर दुबै पटक रुसी सेनाले समाएर लग्यो । त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको उनको भनाई छ ।

सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । त्यस्तै, ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताएका छन् ।

खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा रुसी सेनामा भागेका आए सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?