Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रुसी सेनाबाट छिटो उद्धार गरिदिन सरकारसँग आग्रह


काठमाडौं। रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् ।

उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको बताइन् । उनका अनुसार सेनामा भएका भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए । तर दुबै पटक रुसी सेनाले समाएर लग्यो । त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको उनको भनाई छ ।

सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । त्यस्तै, ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताएका छन् ।

खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा रुसी सेनामा भागेका आए सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?