Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

विश्वकप क्रिकेटः नेपालले पहिला फिल्डिङ गर्ने


काठमाडौं। दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ भने यससँगै अब नेपालले पहिला फिल्डिङ गर्नेछ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा भारतका कप्तान उदय सरनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो भने नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ भने नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै उक्त प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?