Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

बाह्र वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता


दोधारा चाँदनी,कञ्चनपुर।  खेलाडी उत्पादनको उर्वर भूमि मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता भएको छ । यहाँ हाल तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ ।
भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका खेलाडी उत्पादनको थलोका रुपमा रहेको कञ्चनपुरमा यसअघि खेलकुद गतिविधि सुनसानजस्तै बनेको थियो । विसं २०६८ मा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका केही खेल कञ्चनपुरमा तथा बाँकी खेल कैलाली र डडेल्धुरामा खेलाइएका थिए । त्यसयता कञ्चनपुरमा राष्ट्रिय प्रतियोगिता हुन नसकेको ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले बताए ।
“छैटौँ राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता भएनन्, कारण खेलाडी र खेलप्रेमी निराश थिए”, उनले भने । भट्टले भने, “१२ वर्षपछि महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भएपछि यहाँको खेलजगत् निकै उत्साही छ ।” उनले महेन्द्रनगरमा भइरहेको राष्ट्रिय भलिबल प्रतियोगितामा दर्शकको उत्साहले खेलाडीलाई हौसला प्रदान गरेको बताउए ।
त्यस्तै, सातवटा प्रदेश र तीनवटा विभागीय टोली गरी दशवटा टोलीको सहभागिता रहेको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उत्साहपूर्ण छ । प्रतियोगितास्थल खुलामञ्चमा दर्शकले भरिभराउ छ भने एक दशक लामो समयपछि यहाँ राष्ट्रिय प्रतियोगिता भएपछि यहाँको खेलजगत् निकै उत्साहित बनेको राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताउए ।
“पछिल्लो दुई दशकयता सुदूरपश्चिमबाट राम्रो खेलाडी उत्पादन भइरहेका छन्,” उनले भने, “यस्ता प्रतियोगिताले खेलाडीहरुको क्षमता निखार्न मद्दत गर्छ ।”
यही भूमिको प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टोलीबाट खेल यात्रामा सक्रिय छन् । नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम र धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन ।
त्यस्तै, खेलाडीको उर्वर भूमि भए पनि प्रशिक्षक अभाव र पूर्वाधार विकास हुन नसक्नु यहाँका स्थानीय बताउँछन । “भलिबल होस् या क्रिकेट होस् राष्ट्रिय टोली र विभागीय टेलीमा सुदूरपश्चिमकै खेलाडीहरु छन्,” यहाँका स्थानीय नरेश जोशीले भने, “यहाँ खेलका पूर्वाधार निर्माण र राम्रो प्रशिक्षण भए अझै उत्कृट खेलाडी उत्पादन हुन आउन सक्छन् ।”

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?