Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

आयुर्वेद स्वास्थ्य प्रवाहबारे पत्रकारसँग अन्तक्रिया


भक्तपुर। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्वदेशी तथा विदेशी नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा प्रवाह गरेको छ । आयुर्वेद स्वास्थ्य सेवा प्रवाहबारे जानकारी दिन केन्द्रले यहाँका पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम गर्दै आयुर्वेद स्वास्थ्यमा विश्वास बढ्दै गएपछि सेवा प्रवाहको चाप पनि बढेको जनाएको छ ।
उक्त जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले गत आर्थिक वर्षमा २२ विदेशी पर्यटकले आयुर्वेदको स्वास्थ्य सेवा लिएको जनाउँदै यस वर्षको छ महिनामा पाँच महिला र एक पुरुष गरी छ विदेशीले सेवा लिइसकेको बताए।
स्वदेशीमात्रै नभई पछिल्लो तीन वर्षयता विदेशी पर्यटकले समेत सेवा लिने क्रम बढेको जनाउँदै उहाँले विदेशी पर्यटकले नाडी छामेर गरिने स्वास्थ्य जाँचदेखि पेटको वायुसम्बन्धी स्वास्थ्य परीक्षण गराउने गरेको उनले बताएका छन् । उक्त केन्द्रले सुन, चाँदी र पञ्चधातुको सियोबाट हाडजोर्नी, नशासम्बन्धी दुखाइका लागि गरिने उपचार अग्निकर्म सेवा विस्तार गरेको बताउँदै स्तनपायी आमाका लागि दूध वृद्धि हुने खाद्यान्नसहितको स्तनपायी सेवा सञ्चालन गरेको जानकारी दिएको छ ।
केन्द्रका प्रमुख डा. गिरीले सबै सेवा निःशुल्क प्रवाह गर्दै आएको जानकारी दिँदै चालु आर्थिक वर्षको छ महिनामा केन्द्रमा सात हजार तीन सय ७४ महिलासहित १२ हजार तीन सय ८५ जनालाई सेवा प्रदान गरेको बताए । सो केन्द्रमा एक हजार एक सय ५६ महिलासहित एक हजार सात सय ७६ जनाले पूर्वकर्म सेवा लिएका, एक हजार दुई सय ९८ महिलासहित दुुई हजार एक सय ४५ ले अकुपञ्चर सेवा लिएको, सात हजार सात सय २६ जनाले प्याथोलोजी ल्याब सेवा लिएको डा. गिरीले बताएका छन् ।
केन्द्रमा सम्पूर्ण सेवा निःशुुल्करूपमा उपलब्ध गराइराखेको जनाउँदै डा. गिरीले केन्द्रले २३ थरि औषधि निःशुल्क वितरण गर्दै आएको, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा, योग, स्वस्थ जीवन प्रवर्द्धन, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका सेवा प्रवाह गर्दै आएको बताए ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद स्वास्थ्यको सेवाप्रति जनतामा विश्वास जगाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउदैभक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवामा सेवाग्राहीको चाप बढ्नुले यसप्रतिको विश्वास बढेको पुष्टी हुने भन्दै जनतामा यसबारे प्रचार पुर्याउनुपर्ने बताएका छन्।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलगायतका सञ्चारकर्मीले ओझेलमा परेको आयुर्वेद स्वास्थ्य सेवालाई पालिकास्तरबाटै टोलटोलमा पुर्याउनुपर्नेमा जोड दिए। उक्त कार्यक्रममा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारी तीन वर्ष अगाडिसम्म जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र कहाँसम्म छ भन्ने जानकारी नपाएको अवस्थामा अहिले सेवा लिन आउनेको चाप बढेको बताएका छन् ।
उनले बागमती प्रदेश सरकारले भक्तपुरमा १६ शय्याको आयुर्वेद अस्पताल बनाउन स्वीकृति दिएको जनाउँदै चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा अबका केही वर्षमा आयुर्वेद अस्पताल निर्माण हुने बताएका छन् ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?