Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गण्डकीलाई पराजित गर्दै आर्मी फाइनलमा, पुलिससँग प्रतिस्पर्धा गर्ने


काठमाडौं। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ ।आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् ।

त्यस्तै, टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रनमा अल आउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २ चौकासहित २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए ।

गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए । आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६.४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।

सन्दीप पराजुली र रोशन गौतमको नाममा १/१ विकेट रह्यो । पुलिस ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्यो ।

विवेक यादव १, कुशल मल्ल १५ र साहब आलमले १२ रन बनाए । गण्डकीका विपिन खत्रीले १० ओभरमा ५ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङले ५.१ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए ।

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?