Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

शैलुङमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन


रामेछाप। रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो ।

शैलुङमा उत्पादित आलुको बीउ शैलुङ क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ भने यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।

त्यसैगरी, स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाइ पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो । नयाँ जातको आलुको पूर्वमूल बिउ शैलुङमा उत्पादन भएको यो दोस्रो पटक हो । यसअघि गत साल पनि सो ल्याबबाट रोजिटा जातको आलुको मूल बिउ उत्पादन गरिएको स्थानीय अगुवा किसान दावासँबु शेर्पाले जानकारी दिएका छन् ।

उनले उत्पादित मूल बिउ ग्रेडिङ गरी प्याकिङ गरिएको बताउदै सो बिउ प्रतिदान २० रुपैयाँ पर्ने जानकारी दिएका छन् । उक्त आलुको बिउ उत्पादन गर्न चाहने किसानले मूल बिउ खरिद गरेर लैजान सक्ने शेर्पाले बताए । सो आलुको मूल बिउ उत्पादनको लागि राष्ट्रिय आलु वाली विकास केन्द्र निगालेले प्राविधिक एवं प्लान्ट सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक सहयोग गर्दै आएको छ ।

नयाँ प्रजातिको आलुको बीउ उत्पादन भएसँगै शैलुङमा आलुको उत्पादन पनि बढेको छ भने नयाँ बिउमा रोग प्रतिरोधात्मक क्षमता अधिक भएको तथा उत्पादित आलु बिउको रूपमा जाने भएकोले राम्रो मूल्य आउने शेर्पाले बताएका छन् ।

 

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?