Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

शैलुङमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन


रामेछाप। रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो ।

शैलुङमा उत्पादित आलुको बीउ शैलुङ क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ भने यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।

त्यसैगरी, स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाइ पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो । नयाँ जातको आलुको पूर्वमूल बिउ शैलुङमा उत्पादन भएको यो दोस्रो पटक हो । यसअघि गत साल पनि सो ल्याबबाट रोजिटा जातको आलुको मूल बिउ उत्पादन गरिएको स्थानीय अगुवा किसान दावासँबु शेर्पाले जानकारी दिएका छन् ।

उनले उत्पादित मूल बिउ ग्रेडिङ गरी प्याकिङ गरिएको बताउदै सो बिउ प्रतिदान २० रुपैयाँ पर्ने जानकारी दिएका छन् । उक्त आलुको बिउ उत्पादन गर्न चाहने किसानले मूल बिउ खरिद गरेर लैजान सक्ने शेर्पाले बताए । सो आलुको मूल बिउ उत्पादनको लागि राष्ट्रिय आलु वाली विकास केन्द्र निगालेले प्राविधिक एवं प्लान्ट सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक सहयोग गर्दै आएको छ ।

नयाँ प्रजातिको आलुको बीउ उत्पादन भएसँगै शैलुङमा आलुको उत्पादन पनि बढेको छ भने नयाँ बिउमा रोग प्रतिरोधात्मक क्षमता अधिक भएको तथा उत्पादित आलु बिउको रूपमा जाने भएकोले राम्रो मूल्य आउने शेर्पाले बताएका छन् ।

 

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?