Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

श्रीमतीको हत्या गरेको अभियोगमा राई पक्राउ


दमक। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक-७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

त्यसैगरी, गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताएका छन् ।

सो कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७ः३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिएका थिए ।

मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताए ।

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?