Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

एएफसी एसिया कप:जापान र इरान क्वाटरफाइनलमा प्रवेश


काठमाडौं। जापान र इरानले एएफसी एसिया कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

त्यस्तै, अर्को खेलमा इरानले सिरियासँग एक एक गोलको निर्धारित समय बराबरी खेलेको थियो भने ३४ औं मिनेटमा मेहदी टेरामीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा ओमार खर्बिनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

त्यस्तै, कतारमा जारी प्रतियोगिता अन्तर्गत जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयास युएडाले एक एक गोल गरेका थिए । बहराइनको एक गोल पनि उपहार थियो भने जापानको जिओनी सुजुकीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा इरानका टेरामी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो, तर, सिरियाले गोल थप्न नसक्दा खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा इरानले पाँच गोल गर्दा सिरियाले ३ मात्र गरेको थियो ।

एसिया कपको क्वाटरफाइनलमा इरान र जापानले प्रतिस्पर्धा गर्ने छन् भने बुधबार रातिको नतिजासँगै एएफसी कपको क्वाटरफाइनल समीकरण पनि पुरा भएको छ ।

शुक्रबार ताजकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरिया भिड्ने छन् । त्यसैगरी शनिबार इरान र जापान तथा कतार र उज्वेकिस्तान आमने सामने हुने छन् ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?