Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

एएफसी एसिया कप:जापान र इरान क्वाटरफाइनलमा प्रवेश


काठमाडौं। जापान र इरानले एएफसी एसिया कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

त्यस्तै, अर्को खेलमा इरानले सिरियासँग एक एक गोलको निर्धारित समय बराबरी खेलेको थियो भने ३४ औं मिनेटमा मेहदी टेरामीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा ओमार खर्बिनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

त्यस्तै, कतारमा जारी प्रतियोगिता अन्तर्गत जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयास युएडाले एक एक गोल गरेका थिए । बहराइनको एक गोल पनि उपहार थियो भने जापानको जिओनी सुजुकीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा इरानका टेरामी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो, तर, सिरियाले गोल थप्न नसक्दा खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा इरानले पाँच गोल गर्दा सिरियाले ३ मात्र गरेको थियो ।

एसिया कपको क्वाटरफाइनलमा इरान र जापानले प्रतिस्पर्धा गर्ने छन् भने बुधबार रातिको नतिजासँगै एएफसी कपको क्वाटरफाइनल समीकरण पनि पुरा भएको छ ।

शुक्रबार ताजकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरिया भिड्ने छन् । त्यसैगरी शनिबार इरान र जापान तथा कतार र उज्वेकिस्तान आमने सामने हुने छन् ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?