Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । उक्त मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो यन्त्र नेपाल प्रहरी मुख्यालयअन्तर्गत कार्यविभाजनका प्रहरी नायब महानिरीक्षक भरत बोहोरालाई हस्तान्तरण गरे । हाललाई पाँच थान हस्तान्तरण गरिएको यो यन्त्र छिट्टै एक सय थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । यो सँगै अब मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकामा इम्बोस्ड प्लेट रिड गर्ने गेटको निर्माण गरिरहेको विभागले जनाएको छ ।

उक्त कार्यक्रममा मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्वपूर्ण हुने बताए ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?