Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

झापा र मोरङबाट ब्राउनसुगर सहित चार जना पक्राउ


काठमाडौं। झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका-१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनीसँग कारोबारमा संलग्न विराटनगर-१६ की ३० वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट ३३ वर्षीय चित्रकुमार रपाललाई २५ ग्राम ब्राउनसुगर, ५ वटा मोबाइल फोन र डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, झापाको मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ वर्षीय स्मार्ट थेवे एक ग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?