Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा मेयरका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी


धनगढी। कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघले गत २६ पुसदेखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै मंगलबार कैलाली प्रहरीमा किटानी जाहेरी परेको थियो ।

त्यसैगरी, टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध उद्योग वाणिज्य संघका पदाधिकारीले जाहेरी दिएका थिए ।

उक्त जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेर मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिएका छन् ।

‘नक्कली टिकट बिक्रीमा संलग्न भएको भन्दै उहाँहरु दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । हामीले मंगलबार नै अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौँ,’ डीएसपी चन्दले भने, ‘कानुनअनुसार पक्राउ गरेर अनुसन्धान गछौँ ।’

त्यस्तै, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारीले नक्कली टिकट बिक्रीमा साउँद र महराको संलग्नता रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए भने उक्त महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएका थिए ।

दर्शकलाई नक्कली टिकट बिक्रि गरेर हानीनोक्सानी गरेको भन्दै उद्योग वाणिज्य संघले संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले नक्कली टिकट बिक्रीमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई आत्माआलोचना गर्दै व्यवसायीसँग माफी माग्न आग्रह गरिएको बताए, तर उनीहरु तयार नदेखिएपछि बाध्य भएर प्रहरीमा किटानी जाहेरी दिइएकाले अब कानुनी प्रक्रियाबाट नै यो मुद्दाको छिनोफानो हुने बोहराले बताएका छन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?