Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्युठानमा झोलुङ्गोमा राखेको अवस्थामा नवजात शिशु फेला


प्युठान। प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी छिन् । होटेल आयुष्मा नजिकै जस्ता (टिन) को छाप्रोमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयबासिन्दाले सुनेपछि प्रहरीलाई खबर गरेका थिए भ सो शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिएका छन् ।

सो बच्चा कसको हो र किन यसरी बेवारिसे छाडे भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?