Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक मोटरसाइकल चालकको मृत्यु


काठमाडौं। भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन्।

मंगलबार राति २१ः५० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख. २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

उक्त गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी बालकोटकै २० वर्षीया सोफिया ठकुरी पनि घाइते भएकी छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

भुजेलको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

 

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?