Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
६ आश्विन २०८२, सोमबार
६ आश्विन २०८२, सोमबार

पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै


धुलिखेल,काभ्रेपलाञ्चोक। चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ ।

उक्त टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको हो । पनौती पर्यटन विकास केन्द्रको अगुवाइमा बागमती प्रदेश सरकारको सहयोगमा सो कलाकृति तयार पार्ने काम भइरहेको केन्द्रले जनाएको छ ।

त्यस्तै, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सहर पनौती त्रिवेणीघाट परिसरमा रहेको घरको मन्दिरपट्टी तर्फका घरका भित्तामा बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । चित्रकला कर्माचार्यकै परिकल्पनामा तयार पारिएको हो ।

उक्त केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा पर्यटकलाई थप आकर्षित गर्नका लागि त्रिवेणी घाटमा कलाकृति निर्माण गरेको बताए। त्यसका लागि प्रदेश सरकारले रु २५ लाख बजेट विनियोजन गरेको उनको भनाइ रहेको छ ।

“पनौतीको प्रचार प्रसारको यो नयाँ प्रयास हो, हाम्रो प्रयासलाई पूर्णता दिनका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ”, उनले भने, “२०७८ सालमा आयोजित मकर मेलामा हाल चित्र कोरिरहेको घरका भित्तामा फ्लेक्स राखिएको थियो ।”

त्यस्तै, कलाकृति तयारीसँगै त्रिवेणीघाट आसपासमा वृक्ष रोपणको काम भएको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ । सो निर्माण भएको कलाकृति शालिनदीमा भइरहेको माधव नारायणका व्रतालु स्नानका लागि पनौती त्रिवेणीघाटमा आउने अवसर पारेर उद्घाटन गर्ने तयारीमा रहेको उनले बताइका छन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?