Trending
>>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

मिलनचोक-रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल


म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ ।

पर्वतको जलजला गाउँपालिका-४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । उक्त निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिएका छन् ।

‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेशन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ ।’ वितरण लाइनमा जोड्ने वातावरण भएमा एकै दिनमा सञ्चालन गर्न सकिने लुइँटेलले बताए। गत पुस २९ गतेदेखि परीक्षण सुरु गरिएको थियो ।

रातोढुङ्गामा रहेको सबस्टेशन नजिकैका जग्गाधनीले ३३/११ केभी क्षमताको प्रसारण लाइनको पाँचवटा टावर सार्न माग गर्दै तातोपानी र दरवाङतर्फ जाने ११ केभी क्षमताको वितरण लाइनमा जोड्न नदिएका हुन् भने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजना, निर्माण व्यवसायी र प्रभावित जग्गाधनीसँग छलफल गरेर सबस्टेशन चार्ज र प्रसारण लाइन सञ्चालन गर्न पहल गरेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो भने पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सुरु भएको थियो ।

त्यस्तै, चार वर्षअघिकै सम्पन्न हुनुपर्ने सबस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ भने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीलगायतले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गरेका थिए।

रातोढुङ्गा सबस्टेशन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताएका छन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?