Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम


गण्डकी। स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौंको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।

त्यस्तै, खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गर्नका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ नेपाल खानेपानी संस्थानअन्तर्गतका इन्जिनियर र अन्य प्राविधिक कर्मचारी गरी १५ जनालाई तालिम दिन लागिएको हो ।

उक्त तालिमका लागि जापानबाट ११ जना विशेषज्ञको टोली माघ १४ मा नेपाल आई नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय र खानेपानी मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरी पोखरा आएको हो । पोखरामा हुने तालिमका क्रममा मर्दीखोला ड्याम, नवनिर्मित पानी थिग्र्याउने प्रणाली र पुरनचौरस्थित मुख्य पानी शुद्धीकरण प्लान्ट, हेमजालगायत पोखराको विभिन्न स्थानमा रहेका पानी वितरण प्रणालीहरूको अध्ययन र जाँच गरी देखिएका समस्या समाधान गर्न सहयोग गरिने जनाइएको छ ।

सो तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संयुक्त रुपमा उद्घाटन गरे । उक्त कार्यक्रममा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिका क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउने विषय प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले तालिमले पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गराउन महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे। आजदेखि सुरु सो तालिम आगामी माघ २९ गतेसम्म सञ्चालन हुने छ ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?