Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नियुक्तिपत्र बुझेकै दिन नियुक्ति रद्द


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह र उपसमूह, तह ५, सुपरभाइजर पदहरूको नियुक्तिपत्र रद्द भएको जनाएको छ । लोक सेवा आयोगमार्फत सञ्चालन गरेको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरूको नियुक्तिपत्र नै रद्द भएको हो ।

त्यस्तै, परीक्षार्थीले माघ १४ मा लिएको नियुक्तिपत्र रद्द गरिएको हो । प्राधिकरणले विज्ञापन गरेको गत मङ्सिर २७, २८, २९ र पुस २१ मा प्रकाशित नतिजा तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी सर्वोच्च अदालतबाट आदेश भएकोले रद्द गरिएको प्राधिकरणले सूचना मार्फत जानकारी गराएको छ ।

उक्त अदालतको अन्तरिम आदेश अनुसार पुस १४ गते नियुक्ति दिइएका विज्ञापन नम्बर २०७९ /८० प्रा.५/४०३ (काठमाडौं), विज्ञापन नम्बर २०७९/८० प्रा. ५ /५०३ (पोखरा) र विज्ञापन नम्बर २०७९/८० प्रा.५/६०३ (बुटवल) को अदालतबाट अर्को आदेश प्राप्त नभए सम्मको लागि रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

 


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?