Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

नियुक्तिपत्र बुझेकै दिन नियुक्ति रद्द


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह र उपसमूह, तह ५, सुपरभाइजर पदहरूको नियुक्तिपत्र रद्द भएको जनाएको छ । लोक सेवा आयोगमार्फत सञ्चालन गरेको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरूको नियुक्तिपत्र नै रद्द भएको हो ।

त्यस्तै, परीक्षार्थीले माघ १४ मा लिएको नियुक्तिपत्र रद्द गरिएको हो । प्राधिकरणले विज्ञापन गरेको गत मङ्सिर २७, २८, २९ र पुस २१ मा प्रकाशित नतिजा तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी सर्वोच्च अदालतबाट आदेश भएकोले रद्द गरिएको प्राधिकरणले सूचना मार्फत जानकारी गराएको छ ।

उक्त अदालतको अन्तरिम आदेश अनुसार पुस १४ गते नियुक्ति दिइएका विज्ञापन नम्बर २०७९ /८० प्रा.५/४०३ (काठमाडौं), विज्ञापन नम्बर २०७९/८० प्रा. ५ /५०३ (पोखरा) र विज्ञापन नम्बर २०७९/८० प्रा.५/६०३ (बुटवल) को अदालतबाट अर्को आदेश प्राप्त नभए सम्मको लागि रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

 


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?