Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बुद्ध जन्मेको देशमा मृत्युदण्डको सजाय उपयुक्त हुँदैन : केपी ओली


३० फागुन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्डको सजाय उपयुक्त नहुने टिप्पणी गरेका छन् । उनले मृत्युदण्डको सजाय दिनेतर्फ लाग्न नहुनेमा आफू दृढ रहेको बताए ।

ओलीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा बुद्ध जन्मेको देशका बासिन्दा आवेश वा उत्तेजनामा मृत्युदण्डको पक्षमा जान नहुने उल्लेख गरेका छन् ।

उनले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने भएकाले सोको पक्षमा नरहेको प्रष्ट पारे ।

‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रूपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन,’ उनले भने, ‘तर, कतिवटा देशहरूले त मृत्युदण्ड दिएको दिए नै छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार डिक्लेरेसनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?