Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बुद्ध जन्मेको देशमा मृत्युदण्डको सजाय उपयुक्त हुँदैन : केपी ओली


३० फागुन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्डको सजाय उपयुक्त नहुने टिप्पणी गरेका छन् । उनले मृत्युदण्डको सजाय दिनेतर्फ लाग्न नहुनेमा आफू दृढ रहेको बताए ।

ओलीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा बुद्ध जन्मेको देशका बासिन्दा आवेश वा उत्तेजनामा मृत्युदण्डको पक्षमा जान नहुने उल्लेख गरेका छन् ।

उनले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने भएकाले सोको पक्षमा नरहेको प्रष्ट पारे ।

‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रूपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन,’ उनले भने, ‘तर, कतिवटा देशहरूले त मृत्युदण्ड दिएको दिए नै छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार डिक्लेरेसनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?