Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा


३० फागुन, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेकोे छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखीभन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग मिल्दै आएको उनले बताए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?