काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ ।
घरमै हृदयाघात भएका उनलाई आज बिहान उपचारका लागि कलङ्कीको नेसनल हस्पिटलमा लगिएको थियो । उक्त अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनी सरुवा भएर आएको दुई दिन अघि मात्र उच्च अदालतमा हाजिर भएका थिए । उनको निधनपछि उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।
प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार