Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इरान र बेलारुसबीच सहयोग सम्झौता


३० फागुन, काठमाडाैँ । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम रायसी उहाँका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ । दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौतालगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा इरानी र बेलारुसी अधिकारीले हस्ताक्षर गरेका जनाइएको छ ।

हस्ताक्षर समारोहपछि बेलारुसका राष्ट्रपतिसहित आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति राइसीले आफ्ना बेलारुसी राष्ट्रपतिको इरान भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थपिएको बताए । उनले पश्चिमा मुलुकको प्रतिबन्ध र धम्कीका बाबजुद पनि इरानले प्रतिकूल परिस्थितिलाई अवसरमा परिणत गर्दै प्रगतिको दिशामा आफूलाई अघि बढाउन सफलता मिलेको बताउनुभयो । साथै उनले आफ्ना अनुभव बेलारुससँग आदानप्रदान गर्न इरान तत्पर रहेको बताए ।

इरान र बेलारुस एकपक्षीयताको विरुद्धमा रहेका, स्वतन्त्र देशहरूबीचको प्रभावकारी एवम् रचनात्मक सम्बन्धबाटै प्रतिबन्धलाई परास्त गर्न सकिने विचार व्यक्त गर्दै इरानी राष्ट्रपतिले सहकार्य र साझेदारीमा जोड दिए । बेलारुसका राष्ट्रपति लुकासेन्को उच्चस्तरीय प्रतिनिधिमण्डलमो नेतृत्व गर्दै आइतबार तेहरान आइगेका हुन् ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?