Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण


आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गत पुस १५ गते मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणको समाचार सङ्कलनमा खटिनुभएका पत्रकार महतोलाई नगरप्रमुख दासले आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘‘प्रेस स्वतन्त्रताको रक्षा एवं सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिकरूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय भएको बताइएको छ ।

उहाँले यसअघि पनि अन्य सञ्चारकर्मीमाथि हातपात एवं दुव्र्यवहार गरेको जानकारी प्राप्त भएकाले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, शान्तिपूर्ण एवं भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति सचेत रहन सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?