Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण


आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गत पुस १५ गते मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणको समाचार सङ्कलनमा खटिनुभएका पत्रकार महतोलाई नगरप्रमुख दासले आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘‘प्रेस स्वतन्त्रताको रक्षा एवं सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिकरूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय भएको बताइएको छ ।

उहाँले यसअघि पनि अन्य सञ्चारकर्मीमाथि हातपात एवं दुव्र्यवहार गरेको जानकारी प्राप्त भएकाले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, शान्तिपूर्ण एवं भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति सचेत रहन सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


प्रकाशित मिति: २० पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?