Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन


३० फागुन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि चितवनको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरूलाई उत्पादनकेन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिए । उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी संगठनले काम गर्नुपर्ने बताएको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

उनका अनुसार सभापति लामिछानेले संगठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म संगठन विस्तार आवश्यक रहेको उल्लेख गरे । अब स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरू सहभागी रहेको निजी सचिव सिग्देलले बताए ।

प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाल, संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलगायत पदाधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पार्टीको विधान, सांगठनिक संरचना, अधिकारका विषयमा छलफल भएको उनले बताए । कार्यक्रम आजसम्म सञ्चालन हुने बताइएको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?