Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बढ्यो अमेरिकी डलर र युरोको भाउ, कतिमा भइरहेको छ अन्यको कारोबार ?


३० फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलर १३ पैसाले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ। यसअघि सोमबार भने यसको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो ।

मंगलबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनकने तुलनामा ४८ पैसाले वृद्धि भएको छ । यसअघि आइतबार पनि युरोको भाउमा ७५ पैसाले वृद्धि भएको थियो । सोमबार यसको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा तोकिएको छ। सोमबार उक्त पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ २८ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, मंगलबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ८६ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसामा किनबेच भएको छ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?