Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

१० विशेष समिति स्थापनाको निर्णयका साथ सिपिपिसिसीको बैठक सम्पन्न


३० फागुन, काठमाडाैँ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ ।

बैठकले सिपिपिसिसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो । स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ ।

बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा सिपिपिसिसी राष्ट्रिय समतिका अध्यक्ष वाङ हुनिङले गरेका थिए।

अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सिपिपिसिसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधिहरू सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?