Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

टर्किको चालु खाता घाटा जनवरीमा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुग्यो


३० फागुन, एजेन्सी। टर्किको केन्द्रीय बैङ्कले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।

चालु खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत रहेको छ । सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २.४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार जनवरीमा चालु खाता घाटाले मार्च २०११ को कीर्तिमान ९.४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।

यसैबीच टर्कीको १२ महिनाको रोलिङ घाटा जनवरीमा ५१.७ अर्ब डलर पुगेको छ जुन सन् २०१४ को फेब्रुअरी यताकै उच्च हो । टर्की सरकारले बढ्दो मुद्रास्फीति र स्थानीय मुद्राको मूल्यह्रासको बाबजुद उच्च निर्यात र कम ब्याज दरहरू मार्फत चालु खाता अधिशेषलाई पछ्याउने आर्थिक मोडेलको अभ्यास गरेको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?