Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुमनकाे अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साकाे नयाँ कार्यसमिति


वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे विशेष जिल्ला सम्मेलन शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित हाेटल बृन्दावनमा सम्पन्न जिल्ला सम्मेलनमा शम्भु कुमार सुमनकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विराेध निर्वाचित भएका छ ।कार्यसमितिकाे उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिव विनाेद पटेल, सह सचिवमा श्याम सर्राफ र काेषाध्यक्षमा संताेष साह पनि निर्विराेध निर्वाचित भएका हुन् ।

यसैगरी संगठन पर्साकाे सदस्यमा श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सराेज पटेल, अमाेद शर्मा, श्रवण साह, राधेश्याम पटेल पनि सर्वसहमत चयन छन् ।सम्मेलनले संगठन पर्साकाे सल्लाहकार चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेकाे छ ।

संगठन केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनाेज पटेलकाे अध्यक्षता र संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीकाे प्रमुख आतिथ्यतामा भएकाे जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उप महासचिवद्वय लेखनाथ सिकारु, प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान, नेपाेलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सम्मेलन सम्पन्न लगतै नवनिर्वाचित कार्यसमितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ समेत खुवाएका हुन् । नव निर्वाचित कार्यसमितिलाई सपथ खुवाउँदै अध्यक्ष सुवेदीले यस जिल्लाका समाजवादी प्रेस संगठन भाँडभैलाे मचाउन केही कुतत्वहरु लागेकाे हुनाले त्यस्ताकाे पछि नलाग्न समाजवादीका पत्रकारहरुलाई अग्रह गरेका थिए ।उनले समाजवादी प्रेस संगठन नेपाललाई श्रमजिवि पत्रकारहरुकाे अग्रणी संस्थाकाे रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न निर्देशन दिएका हुन् ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?