Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

सुमनकाे अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साकाे नयाँ कार्यसमिति


वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे विशेष जिल्ला सम्मेलन शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित हाेटल बृन्दावनमा सम्पन्न जिल्ला सम्मेलनमा शम्भु कुमार सुमनकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विराेध निर्वाचित भएका छ ।कार्यसमितिकाे उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिव विनाेद पटेल, सह सचिवमा श्याम सर्राफ र काेषाध्यक्षमा संताेष साह पनि निर्विराेध निर्वाचित भएका हुन् ।

यसैगरी संगठन पर्साकाे सदस्यमा श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सराेज पटेल, अमाेद शर्मा, श्रवण साह, राधेश्याम पटेल पनि सर्वसहमत चयन छन् ।सम्मेलनले संगठन पर्साकाे सल्लाहकार चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेकाे छ ।

संगठन केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनाेज पटेलकाे अध्यक्षता र संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीकाे प्रमुख आतिथ्यतामा भएकाे जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उप महासचिवद्वय लेखनाथ सिकारु, प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान, नेपाेलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सम्मेलन सम्पन्न लगतै नवनिर्वाचित कार्यसमितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ समेत खुवाएका हुन् । नव निर्वाचित कार्यसमितिलाई सपथ खुवाउँदै अध्यक्ष सुवेदीले यस जिल्लाका समाजवादी प्रेस संगठन भाँडभैलाे मचाउन केही कुतत्वहरु लागेकाे हुनाले त्यस्ताकाे पछि नलाग्न समाजवादीका पत्रकारहरुलाई अग्रह गरेका थिए ।उनले समाजवादी प्रेस संगठन नेपाललाई श्रमजिवि पत्रकारहरुकाे अग्रणी संस्थाकाे रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न निर्देशन दिएका हुन् ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?