Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

०४६ पछि व्यवस्था मात्र फेरिएकाे हाेइन अवस्था पनि फेरिएकाे छःप्रकाशमान सिंह


काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र हाेइन अवस्थामा पनि परिवर्तन आएकाे बताएका छन् । कांग्रेस स्थापना दिवसका अवसरमा बागमति प्रदेश कांग्रेसले आज हेटाैंडामा आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् । उनले कांग्रेसकाे नेतृत्वमा भएकाे आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएकाे सिंहले बताए । उनले केही भएन भन्ने हाैवाकाे पछि नलाग्न पनि आग्रह गरे ।

अहिले राजनीतिक व्यवस्था बदलियाे अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खाेजिएकाे भन्दै त्यसकाे खण्डन गरेका हुन् । ०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएकाे छैन, अवस्था पनि फेरिएकाे छ । ०४६ अघि के थियाे ? शिक्षा, स्वास्थ, विकासकाे क्षेत्रमा अहिले के छ ? त्याे पनि हेराैंन ´ सिंहले भने । त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचकाे एकता थप बलिये बनाउनुपर्नेमा पनि जाेड दिए । कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदे सिंहले विजेताहरूलाई कार्यकाल सफलताकाे शुभकामना पनि दिए ।उनले अरू दलले गर्न नसकेकाे काम कांग्रेस नेतृत्वमा भएकाे स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिकाे अभियानकाे नेतृत्व गर्नुपर्नेमा सिंहकाे जाेड थियाे ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?