Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

०४६ पछि व्यवस्था मात्र फेरिएकाे हाेइन अवस्था पनि फेरिएकाे छःप्रकाशमान सिंह


काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र हाेइन अवस्थामा पनि परिवर्तन आएकाे बताएका छन् । कांग्रेस स्थापना दिवसका अवसरमा बागमति प्रदेश कांग्रेसले आज हेटाैंडामा आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् । उनले कांग्रेसकाे नेतृत्वमा भएकाे आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएकाे सिंहले बताए । उनले केही भएन भन्ने हाैवाकाे पछि नलाग्न पनि आग्रह गरे ।

अहिले राजनीतिक व्यवस्था बदलियाे अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खाेजिएकाे भन्दै त्यसकाे खण्डन गरेका हुन् । ०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएकाे छैन, अवस्था पनि फेरिएकाे छ । ०४६ अघि के थियाे ? शिक्षा, स्वास्थ, विकासकाे क्षेत्रमा अहिले के छ ? त्याे पनि हेराैंन ´ सिंहले भने । त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचकाे एकता थप बलिये बनाउनुपर्नेमा पनि जाेड दिए । कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदे सिंहले विजेताहरूलाई कार्यकाल सफलताकाे शुभकामना पनि दिए ।उनले अरू दलले गर्न नसकेकाे काम कांग्रेस नेतृत्वमा भएकाे स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिकाे अभियानकाे नेतृत्व गर्नुपर्नेमा सिंहकाे जाेड थियाे ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?