Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

चिनियाँ उपमन्त्री नेपाल भ्रमणमा आउँदै


काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् ।

ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ भने स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् भने बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो ।

त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ ।

उक्त टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने स्रोतको दाबी रहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?