Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चिनियाँ उपमन्त्री नेपाल भ्रमणमा आउँदै


काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् ।

ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ भने स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् भने बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो ।

त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ ।

उक्त टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने स्रोतको दाबी रहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?