Trending
>>   मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार >>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

तारकेश्वरले सुरु गर्यो डिजिटल सुशासन प्रणाली


२९ फाल्गुन,काठमाण्डौ,सुचना प्रविधिको उच्चत्तम प्रयोग गरि जनता र नगर बीच सुशासन र डिजिटल प्रविधियुक्त नगर बनाउने उदेश्य स्वरुप काठमाण्डौको तारकेश्वर नगरपालिकाले स्मार्टपालिका प्राली संग सहकार्य गरि गत फाल्गुन २८ गते एक अभिमुखिकरण कार्यक्रम गरि डिजिटल सुशासन प्रणालीको सुरुवात गरेको। नगर प्रमुख कृष्णहरि महर्जन, उप प्रमुख श्रीजना बुर्लाकोटी अर्याल प्रमुख प्रशासकीय अधिकृत डा कृष्ण बहादुर घिमिरे लगायत नगर कार्यपालिका सहितको उपस्थितिमा पालिकाले मोबाइल एप्स, डिजिटल घरधुरी प्रोफ़ाइल, डिजिटल सिग्नेचर तथा आइसिटि पोलिसी सहित तयार गरि जनता र जनताका सेवा, सिफारिस सहित मोबाइल मार्फत सेवा लिन र दिन सकिने प्रणालीको बिकास गरेको छ। स्मार्टपालिकाको तर्फबाट राजानन्द माण्डव्यले तारकेश्वर नगरपालिकाले अबका दिनहरुमा जनताले आफ्ना सेवा तथा सुबिधा लिन तथा नगरपालिकालाई कर वा राजश्व तिर्नको लागि नगरपालिका वा वडा धाउन नपर्ने र जनताले आफ्नो मोबाईल बाट नै खल्ती, इ- सेवा, कनेक्ट आइपिएस संगै विभिन्न बैंक खाताबाट पैसा तिर्न सक्ने प्रणालीको बिकास नगरपालिकाले सुरुवात गरेकोमा धन्यबाद ब्यक्त गर। स्मार्टपालिकाका परिकल्पनाकार तथा संस्थापक मनोज भट्टराईले नगरपालिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृति, शाखा अधिकृत, वडा अध्यक्ष, वडा सदस्य लगायत कर्माचारी एवं पत्रकार सबैको उपस्थितिमा सिस्टमको बारेमा कार्यशाला प्रस्तुत गर्नुभयो।

नगरबासी डिजिटलि रुपमा नगर प्रमुख संग जोडिन हेलो मेयर, उप प्रमुख संग जोडिन न्यायिक समिति, जनगुनासो, डिजिटल प्रोफ़ाइल सहित नगरले दिने बिभिन्न प्रकारका सिफारिस डिजिटलि रुपमा कसरि लिने र भुक्तानी कसरी तिर्ने बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्नु भयो।

कार्यक्रमका सभापती नगर प्रमुखले सुरुसुरुमै डिजिटल रुपमा कार्यसम्पन्न गर्न सहज नभए पनि हामी अब डिजिटल रुपमा अघि नबढी बिकल्प नरहेको र नगरले बिस्तारै बिस्तारै सानो सानो मोड्युलको सुरुवात गरि कम्तिमा आगामी बर्ष सम्ममा जनतालाई प्रविधिमैत्री बनाउन नगरले बिभिन्न अभिमुखिकरण तथा तालिम संचालन गर्ने बताउनु भयो। जनतालाई लाइन संगै समयको बर्बादी,सास्ती कम गर्दै जनताका काम कारवाहीलाई डिजिटल सुशासन प्रणाली मार्फत अघि बढाउदा निस्पक्ष र तीव्र गतिमा कार्यसम्पन्न गर्न टेवा पुराउने उदेश्यले स्मार्टपालिका संग सहकार्य गरि यो प्रणालीको सुरुवात गरिएको बताउनुभयो।

नगर पालिकाको सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीको सिप बिकास संगै डिजिटल रुपान्तरणमा नगरले सकारात्मक रुपमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?