Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बागमतीले सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य दियो


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा बागमती प्रदेशलाई हराउन सुदूरपश्चिम प्रदेशले दुई सय ४८ रन बनाउनु पर्ने भएको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो । बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५४ रनको योगदान गरे ।

उनले केवल ६२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । कप्तान रित गौतमले पनि टोलीका लागि ४४ रनको योगदान गरे । त्यस्तै, तेस्रो नम्बरमा क्रिज समाल्न आएका रितले ६१ बलको सामना गरी नौवटा चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान अशोक पौडेलले पनि टोलीको खातामा ३१ रन थपे । उनले ४८ बलमा चार चौका हिर्काए ।

तल्लोक्रमका ब्याट्सम्यान सोनु देबकोटाले अविजित २८ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २० बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान रबिन जोशीले पनि ३८ बलमा दुई चौकाको मद्दतले २४ रन बटुले ।

बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश अग्रीले पनि दुई विकेट हात पारे । मिलन बोहराले पनि एक विकेट लिए ।

त्यसैगरी, प्रतिशत जीसीले १७, बिपिन आचार्यले १२ र सूर्य तामाङले नौ रन जोडे । ओपनर इशान पाण्डे भने दुई रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । रिजन ढकालले पनि टोलीको खातामा ६ रन थपे । कृजन गुरुङ चार रनमा अविजित रहे ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?