Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमतीले सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य दियो


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा बागमती प्रदेशलाई हराउन सुदूरपश्चिम प्रदेशले दुई सय ४८ रन बनाउनु पर्ने भएको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो । बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५४ रनको योगदान गरे ।

उनले केवल ६२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । कप्तान रित गौतमले पनि टोलीका लागि ४४ रनको योगदान गरे । त्यस्तै, तेस्रो नम्बरमा क्रिज समाल्न आएका रितले ६१ बलको सामना गरी नौवटा चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान अशोक पौडेलले पनि टोलीको खातामा ३१ रन थपे । उनले ४८ बलमा चार चौका हिर्काए ।

तल्लोक्रमका ब्याट्सम्यान सोनु देबकोटाले अविजित २८ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २० बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान रबिन जोशीले पनि ३८ बलमा दुई चौकाको मद्दतले २४ रन बटुले ।

बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश अग्रीले पनि दुई विकेट हात पारे । मिलन बोहराले पनि एक विकेट लिए ।

त्यसैगरी, प्रतिशत जीसीले १७, बिपिन आचार्यले १२ र सूर्य तामाङले नौ रन जोडे । ओपनर इशान पाण्डे भने दुई रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । रिजन ढकालले पनि टोलीको खातामा ६ रन थपे । कृजन गुरुङ चार रनमा अविजित रहे ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?